नेपाली कांग्रेस दाङ -१ को संचार समितिले गर्यो ३ पत्रकारलाई सम्मान

दाङ समाचार
दाङ समाचार ९ माघ २०८१, बुधबार
2 Min Read
Aa

दाङ – नेपाली कांग्रेस दाङ – १ क्षेत्रीय संचार समितिले तीनजना पत्रकारलाई सम्मान गरेको छ । सम्मानित हुनेमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य लिला शाह, लुम्बिनी प्रदेस सदस्य देव बहादुर यादव र पत्रकार महासंघ दाङका सदस्य टेक बहादुर पुन रहनु भएको छ ।

नेपाली कांग्रेस दाङ-१ क्षेत्रीय संचार समितिका संयोजक अजय न्यौपानेले केन्द्रीय सदस्य न्यौपाने र जिल्ला सदस्य पुनलाई एक कार्यक्रमको आयोजना गरेर सम्मानपत्रले सम्मान गर्नु भएको हो । सो क्रममा संयोजक न्यौपानेले पत्रकार व्यक्तिको नभई साझा हुनु पर्ने बताउदै सत्य तथ्य बुझेर मात्र सम्प्रेसन गर्न सुझाव दिनु भएको छ । पत्रकार दिनदुखीको आवाज बोल्न सक्ने हिम्मत भएको हुनु पर्छ, खोज पत्रकारितामा जाँगर लगाउन सक्ने खालको हुनु पर्छ, यो वा त्यो नभनेर निडर भएर पत्रकारिता गर्न सक्ने हुनु पर्छ’- उहाँले भन्नु भयो ।

त्यस्तै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य लिला शाहले पत्रकारिताको आचार संहितालाई ख्याल गर्दै आफुहरुको पत्रकारिता अगाडी बढ्ने विश्वास व्यक्त गर्नु भयो । समाज र जनताले विश्वास गर्ने पेशामा आफु भएकोले यो पेशालाई मर्यादित गराउने आफ्नो दायित्व भएको बताउनु भयो ।

त्यसैगरी नेपाल प्रेस युनियन दाङका जिल्ला उपाध्यक्ष किरण विक्रम शाहले पत्रकारितामा अध्ययन र लगनशिलता हराउदै गएको बताउनु भयो । यो पेशालाई केहि साथीहरुले कमाएर खाने भाँडाको रुपमा लिएको भन्दै दुख व्यक्त गर्नु भयो । पत्रकारितालाई राष्ट्रले नै चौथो अंगका रुपमा विश्वास गरेको भन्दै त्यसै अनुरुप पत्रकारहरु पनि प्रस्तुत हुन आवश्यक रहेको बताउनु भयो ।

नेपाली कांग्रेस दाङ-१ क्षेत्रीय संचार समितिका संयोजक तथा नेपाली कांग्रेस दाङ-१ का क्षेत्रीय प्रवक्ता अजय न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको संचालन नेपाल प्रेस युनियन दाङका सदस्य प्रिया स्मृती गजमेरले गर्नु भएको थियो । कार्यक्रममा नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश सदस्य दुख हरण यादवको समेत उपस्थिति रहेको थियो ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्