बैतडीमा जिप दुर्घटना : दुई जनाको मृत्यु, चार घाइते

दाङ समाचार
दाङ समाचार १२ माघ २०८१, शनिबार
1 Min Read
Aa

दाङ – बैतडीको सिगास गाउँपालिका–१ माडौँमा आज बिहान भएको जिप दुर्घटना गम्भीर घाइते भएका दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार सिगास गाउँपालिका –१ का १४ वर्षीया जयन्ती धामी र १९ वर्षीया पार्वती धामीको उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा सिगास –१ इराना घर भएका ४० वर्षीया तुलसी धामी, १६ वर्षीया नीरा धामी, १८ वर्षीया कमला धामी र १४ वर्षीया धौली धामी घाइते भएका छन् । उनीहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । जिपका चालक फरार छन् ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्