रविको मुद्दामा जवाफी बहस जारी, आजै आदेश आउन सक्ने

दाङ समाचार
दाङ समाचार १३ माघ २०८१, आईतवार
1 Min Read
Aa

दाङ – सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको रुपन्देही अदालतमा थुनछेक बहस सकिएको छ ।
जिल्ला अदालत रुपन्देहीका वैतानिक वकिल कृष्णप्रसाद ढकालका अनुसार थुनछेक बहस सकिएर प्रतिवादीतर्फका वकिलहरुले जवाफी बहस सुरु गरेका छन ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा सभापति तथा पूर्व गोर्खा मिडिया नेटवर्कका प्रबन्धक लामिछानेको रुपन्देही अदालतमा गत बुधबारबाट जारी थुनछेक बहस सुरु भएको थियो । दुवैतर्फबाट बहस सकिएपछि आइतबार नै धरौटीमा छाड्ने कि पर्पुक्षका लागि थुनामा पठाउने आदेश आउन सक्ने ढकालले जानकारी दिए ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्