दाङ – ललितपुरस्थित किष्ट अस्पतालभित्रको शौचालयमा एक युवकको शव फेला परेको छ । अस्पताल भित्रको इमरजेन्सी वार्ड पछाडी रहेको शौचालयभित्र युवकको शव फेला परेको हो ।
प्रहरीका अनुसार ललितपुरको महालक्ष्मी नगरपालिका –८ बिशुन्डोल बस्ने ३२ वर्षीय सन्दीप रावलको शव फेला परेको हो । सोमबार मृत अवस्थामा फेला परेको उक्त शवबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्