दाङ – गाडी दुर्घटना हुँदा दाङमा एकजना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा दंगीशरण गाउँपालिका–४ बैवाङ निवासी ५८ वर्षीय कमानसिंह वलि गम्भीर घाइते हुनुभएको हो । उहाँको टाउको, निधार, दुबै हात र खुट्टामा चोट लागेको छ ।
पश्चिम दाङको हापुरेबाट हसपुरतर्फ जाँदै गरेको बा ११ च ११०४ नम्बरको उइङ्गर गाडी मंगलबार राति करिब ९ बजेतिर अनियन्त्रित भई पल्टिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार गाडीमा चालकसहित तीन जना सवार रहेको बुझिएको छ । चालक फरार रहेको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्