पूर्व गृहमन्त्री बालकृष्ण खाँड भोलि माघ २८ गते लमही आउदैं

दाङ समाचार
दाङ समाचार २७ माघ २०८१, आईतवार
1 Min Read
Aa

दाङ – नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँडले भोलि २८ गते बिहान ९ बजे लमहीको रातो डांडा स्थित नेपाली कांग्रेसको पार्टी कार्यालय लमहीमा नेता कार्यकर्ता भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ का क्षेत्रीय प्रवक्ता तथा सञ्चार समिति संयोजक अजय न्यौपानेले दिएको जानकारी अनुशार भोलि माघ २८ गते पूर्व गृहमन्त्री खाँडले १ नम्बर क्षेत्रका कार्यकर्तालाई भेटेर समग्र देशको राजनीति र पार्टीका महत्वपूर्ण कुराहरु राख्ने कार्यक्रम छ ।

नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति भेषराज न्यौपानेले भेटघाट कार्यक्रममा दाङ क्षेत्र नम्बर १ का पार्टीका नेता, भातृ तथा शुभेच्छुक संघसंगठनका नेता तथा कार्यकर्तालगायत सम्पूर्णमा उपस्थितिका लागि आग्रह गर्नु भएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्