प्रदेश मंत्रीद्वारा सम्भावित पर्यटकीय स्थलहरुको अध्ययन तथा अनुगमन

दाङ समाचार
दाङ समाचार २८ माघ २०८१, सोमबार
1 Min Read
Aa

दाङ – लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मंत्री प्रचण्ड विक्रम न्यापानेले लमही नगरपालिकाका विभिन्न पर्यटकीय स्थललाई साज सज्जा गर्न सके पर्यटक भित्राउन सकिने बताउनु भएको छ । बाह्य तथा आन्तरिक पर्यटकलाई भित्र्याउन पर्यटकीय स्थलहरुको अध्ययन तथा अनुगमन गर्दै मन्त्री न्यौपानेले यस क्षेत्रको समग्र विकासका लागि लुम्बिनी प्रदेश सरकार साथमा रहेको बताउनु भयो ।

लमहीमा पर्यटकीय सम्भाब्यता रहेको बताउँदै मन्त्री न्यौपानेले यसको विकासका लागि आफु तत्पर रहेको बताउनु भयो । राजधानी रहेको देउखुरीको प्रमुख पालिका लमहीमा पर्यटक भित्र्याउनुपर्ने बताउँदै उहाँले यसको विकासका लागि लम्बिनी प्रदेश सरकार हरदम तयार रहेको बताउनु भयो ।

सो क्रममा लमही नगरपालिकाका प्रबक्ता तथा वडा नम्बर ७ का वडाध्यक्ष माेहन गिरी, लमही नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष सुवास न्याैपाने, तरुण दलका क्षेत्रीय अध्यक्ष किरण विक्रम शाह, उपाध्यक्ष हरि वहादुर पुन, क्षेत्रीय सदस्य युवराज गिरी, राजेन्द श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्