ज्ञानज्योति बोर्डिङ स्कूलको २३ औं वार्षिकोत्सव सम्पन्न, बालबालिकालाई अपराधिक गतिविधिमा लाग्नबाट बचाउन सबै सचेत हुनु पर्ने

दाङ समाचार
दाङ समाचार ३० माघ २०८१, बुधबार
2 Min Read
Aa

दाङ – गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले अभिभावकहरुले आफ्ना वालवालीकाहरुको वाल मनोबिज्ञान बुझेर कुलत र अपराधिक गतिविधिमा लाग्नबाट बचाउन सबै सचेत हुनु पर्ने बताउनु भयो । गढवामा रहेको ज्ञानज्योति बोर्डिङ स्कूलको २३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पोख्रेलले उत्पादन मूलक र ब्यवहारीक शिक्षा आजको आवश्यकता भएको औंल्याउदै युवाहरुमा देखिएको बढ्दो बिदेश पलायन रोक्न घर परिवार, समाज र बिद्यालयहरुबाटै गंभिर ढंगले समिक्षा गर्नु पर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा नेपाल अभिभावक संघ दाङका अध्यक्ष रामप्रसाद गैरे, सामुदायिक रेडियो प्रसारक संघ लुम्बिनीका पूर्व अध्यक्ष केपि घिमिरे, गढवा उद्योग बाणिज्य संघका अध्यक्ष ओंम प्रकाश बसेल, वन तथा वातावरण संरक्षण समन्वय समितिका अध्यक्ष पुष्पा यादव, नागरिक समाज गढवाका संयोजक खगेश्वर शर्मा, गढवा बहुमुखी क्याम्पसका प्रमुख विकास रजौरे, रोजि बड्स लमहीका प्रिन्सिपल वसन्त न्यौपाने, ब्रम्हाकुमारी ईश्वरीय विश्व विद्यालय गढवाका प्रमुख यशोदा भट्टराई, चेतनशिल महिला समाज केन्द्र दाङका अध्यक्ष शकुन्तला डिसी, शिक्षाप्रमी बुद्धिजिवी नवराज देवकोटा, कपिलदेव खनाल र विद्यार्थी सन्तोष थारु कुमाल लगायतले शुभकामना राख्नु भएको थियो ।

कार्यक्रममा गढवा पन्चेबाजाको झाँकी सहित विविध साँस्कृतिक झलकहरु प्रदर्शन गरिएको थियो भने वर्षभरिको पठनपाठन र अतिरिक्त कृयाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । समारोहमा वर्ष उत्कृट अभिभावक भिमराज रिजाल र भगवती वली तथा वर्ष उत्कृष्ट शिक्षक विजय कुमार यादवलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

विद्यालयका प्रिन्सिपल दिपक कुमार यादवले विद्यालयको शैक्षिक प्रगति प्रतिवेदन र आगामी कार्यक्रमहरु पेश गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोष कौशलको अध्यक्षता तथा गढवा गाउँपालिकाका अध्यक्ष यम नारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । विद्यालय सञ्चालक समितिका सदस्य ऋषि यादवको स्वागत मन्तब्यबाट सुरु भएको वार्षिकोत्सव समारोहको सहजिकरण शिक्षकद्वय तिला खनाल र रामबहादुर चौधरीले गर्नु भएको थियो ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्