दाङ – करेन्ट लागेर देउखुरीमा एक जनाको ज्यान गएको छ । ज्यान जानेमा रोल्पाको मादी गाउँपालिका- ३ घर भएर हाल लमही नगरपालिका-३ टिकुलीगढमा बस्दै आएका ३८ वर्षीय सुरेश घर्ती मगर रहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिनु भएको छ ।
घर्तीले माघ ३० गते राति ८ बजेको समयमा सोहि सेरेफेरोमा रहेको कुलामा करेन्ट लगाएर माछा मार्दै थिए, माछा मारिरहेको समयमा उनलाई करेन्ट लागेर गम्भीर घाइते भएका थिए । घर्तीलाई उपचारका लागि लमही अस्पताल ल्याइएको थियो उनको उपचारकै क्रममा ज्यान गएको प्रहरी निरीक्षक भुसालले बताउनु भयो ।
साथै खोला र नदीमा करेन्ट लगाएर माछा मार्ने, विष हाल्ने जस्ता अपराधिक कार्यले अकालमै ज्यान गुमाउनु पर्ने भएकोले यस्ता गतिविधि नगर्न सबैमा समेत प्रहरीले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्