तुलसीपुरमा करेन्ट लागेर टिप्पर सहचालकको मृत्यु

दाङ समाचार
दाङ समाचार १ फाल्गुन २०८१, बिहीबार
1 Min Read
Aa

दाङ – तुलसीपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका-१२ टरीगैस्थित मंगलम वालुवा प्रशोधन उद्योगको परिसरमा करेन्ट लाग्दा टिप्पर सहचालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता सुर्य बहादुर रानाले जानकारी दिए ।

मृत्यु हुनेमा टिप्परका सहचालक, सल्यान कपुरकोट गाउँपालिका-१ लाकुका २१ वर्षीय समिर घर्तिमगर रहेका छन् । मंगलबार दिउँसो करिब साढे ३ बजेतिर रा १ क १५६६ नम्बरको टिप्पर बालुवा लोड गर्न उद्योग परिसरमा रोकी राखिएको टिप्परको ढालामा केही सामान रहेको आशंकामा हेर्ने क्रममा नजिकैको क्रसरमा रहेको मेनलाइन छुन गइ करेन्ट लागेको थियो ।

गम्भीर घाइते भएका घर्तिमगरलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा सवा ४ बजेको समयमा मृत्यु भएको अस्पताललाई उद्धत गर्दै प्रहरीले बताएको छ ।

घटनासँग सम्बन्धित टिप्पर साहु तुलसीपुर-१९ का २९ वर्षीय गणेश घर्तिमगर र टिप्पर चालक तुलसीपुर-१६ मानपुरका ४० वर्षीय श्रीराम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्