फोनिज दाङको १०औं जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा दिप्तिशिखा चौधरी

दाङ समाचार
दाङ समाचार १ फाल्गुन २०८१, बिहीबार
2 Min Read
Aa

दाङ – नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जिल्ला शाखा, दाङको १०औं जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले दिप्तिशिखा चौधरीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । फोनिज दाङका अध्यक्ष प्रेम बहादुर राम्जाको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासनको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासनले आदिवासी जनजाति मात्रै नभई अन्य समुदायसँग मित्रवत् सहकार्य गरी पछाडी परेका जनजातिका मुद्दाहरुलाई राज्यको मूलधारमा ल्याउने वातावरणको सिर्जना गर्नुपर्नेमा जोड दिए । उनले कुनै सञ्चार माध्यम वा पत्रकार समस्यामा परेमा उनीहरूलाई संरक्षण गर्नु यस संस्थाको मुख्य उद्देश्य रहेको जिकिर गरे । साथै उनले नयाँ प्रविधिलाई आत्मसात् गर्दै अघि बढ्नुपर्ने सुझाव दिदै नयाँ कार्यसमितिले फोनिज दाङको अभियानलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे ।

अधिवेशनले दिप्तिशिखा चौधरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। समितिमा उपाध्यक्षमा दिपक जी.एम., सचिवमा एच.आर. मगर, सहसचिवमा जयन्ती चौधरी, कोषाध्यक्षमा निता चौधरी, तथा सदस्यहरूमा सरिता चौधरी, प्रेमकुमारी बुढा मगर, सुरक्षा चौधरी, र प्रिया चौधरी चयन भएका छन्।

त्यस्तै, केन्द्रीय प्रतिनिधिका रूपमा सबिन प्रियासन, जित सागर जी.एम., र रिता लामा चयन भएका छन् भने प्रदेश प्रतिनिधिमा प्रेमबहादुर राम्जा, जयन्ती चौधरी, र उदिराम चौधरी निर्वाचित भएका छन् ।

कार्यक्रममा प्रेस सेन्टर दाङका सचिव दिपक बोहोराले पत्रकारिता क्षेत्रमा एकजुट हुन आवश्यक रहेको बताउँदै व्यावसायिक पत्रकारिता गर्ने वातावरण सिर्जना गर्न आग्रह गरे। प्रेस चौतारी दाङका अध्यक्ष सुधासुमन ढकाल र प्रेस युनियन लुम्बिनी प्रदेशकी सदस्य यमकला भुसालले पनि नयाँ कार्यसमितिलाई शुभकामना दिँदै डिजिटल युगसँग सन्तुलन मिलाउँदै सञ्चार क्षेत्रलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।

पत्रकार यज्ञ बुढाको स्वागत मन्तव्यबाट कार्यक्रम सुरु भएको थियो ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्