दाङ – देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन । घाइते हुनेमा प्युठानको स्वर्गद्वारी – ४ घर भइ हाल घोराही उपमहानगरपालिका -१४ बस्ने अन्दाजी ३० वर्षीय विवेक केसी र घोराही उपमहानगरपालिका -१४ निवासी अन्दाजी २२ वर्षीय सुरेश गुप्ता रहेको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिनु भयो ।
चालक केसीको टाउकोमा गहिरो चोट लागेको छ, उनलाई लमही अस्पतालमा सामान्य उपचार पश्चात बाँकेको कोहलपुर मेडिकल कलेज रिफर गरिएको छ भने मोटरसाइकलको पछाडी सवार गुप्ता मध्यम अवस्थाको घाइते भएका छन उनलाई नेपालगंज उपचारका लागि पठाईएको छ ।
कोइलाबासबाट घोराही तर्फ आउँदै गरेको रा ८ प २९७३ नम्बरको मोटरसाइकल गढवा गाउँपलिका- ५ जमुनिबासमा आफै अनियंत्रित भएर दुर्घटना भएको प्रहरीले बताएको छ । दुवै जना घाइते भएका कारण दुर्घटना कसरी भयो भन्ने एकिन नभएको तर मोटरसाइकल तिब्रगतिमा भएकोले दुर्घटना भएको देखिन्छ’- प्रहरीले भन्यो ।

प्रतिक्रिया दिनुहोस्