दाङ – नेपाली कांग्रेसले विभिन्न भातृ संगठनहरुको अधिवेशन तोकिएकै समयमा गर्ने भएको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पदाधिकारी र विभिन्न भातृ संगठनहरुबीचको छलफलपछि सबै भातृ संगठनहरुको अधिवेशन चैत महिनामै गर्ने निर्णय गरेको हो ।
कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले केही चुनौती भए पनि तोकिएकै समयमा अधिवेशन सम्पन्न गर्ने निर्णय भएको बताए । उनले भातृ संस्थाका निर्देशन समिति र प्रमुखहरुसँग अधिवेशन तयारीका बारेमा छलफल भएको बताए ।
तोकिएकै समयमा अधिवेशन सम्पन्न गर्न पार्टीले गर्नुपर्ने सहयोगका बारेमा सुझाव पनि लिएको प्रवक्ता महतले उल्लेख गरे । प्रवक्ता डा. महतले नेतृत्व तहबाट अधिवेशनको म्याद नथपिने निर्णय भएको बताए ।

प्रतिक्रिया दिनुहोस्