दाङ – नेपाली काँग्रेस प्युठानले नेकपा एमालेका सांसद सूर्यबहादुर थापाको व्यवहार र गतिविधिको विज्ञप्ति नै प्रकाशित गरेर विरोध गरेको छ । काँग्रेसका प्युठान जिल्ला सभापति विष्णु गिरीले विज्ञप्ति जारी गरी सांसद थापाको व्यवहारको विरोध गरेका हुन् ।
सांसद थापामाथि फागुन १ गते झिमरुक गाउँपालिका – ५ मा भएको नेपाल टेलिकमको टु–जी र फोर–जी विस्तार कार्यक्रम सांसद थापा र लुम्बिनी प्रदेशसभा सदस्य निमा गिरीले संयुक्त रुपमा उद्घाटन गर्ने भनेर लेखेको ब्यानर कार्यक्रमस्थलमा टाँस्न नदिएको, टेलिकमका कर्मचारीलाई थर्काएको, सरुवाको धम्की दिने जस्ता अलोकतान्त्रिक चरित्र प्रदर्शन गर्नुको साथै हेट स्पिच दिएको गिरीले आरोप लगाएका छन् ।
त्यस्तै गत पुस ११ गते जिल्ला समन्वय समितिको सभामा थापाले समावेशी समानुपातिक प्रणालीविरूद्ध अभिव्यक्ति दिएको, त्योभन्दा पहिला कार्यक्रमस्थलमै पुगेर माइन्युट च्यात्न लगाएको, कांग्रेसबाट प्रदेशमा मन्त्री भएका व्यक्ति इंगित गरी ‘क्याटवाक् गर्दै हिँडेर विकास हुन्छ’ भन्ने जस्ता अभिव्यक्ति दिएको गिरीको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्