पोखरामा हाइड्रोजन बेलुन पड्कियो, अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते

दाङ समाचार
दाङ समाचार ३ फाल्गुन २०८१, शनिबार
1 Min Read
Aa

दाङ – पोखरा भ्रमण बर्ष २०२५ घोषणा गर्ने क्रममा बेलुन पड्किएको छ । बेलुन पड्किएर उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएका छन् ।

पोखरा प्रदर्शनी केन्द्रमा पोखरा भ्रमण बर्ष घोषणाको क्रममा बेलुन उडाने क्रममा दीप प्रज्वलन गरिएको पानस नजिकै भएपछि हाइड्रोजन भरिएको बेलुन पड्किएको हो । बेलुनको आगो अर्थमन्त्री पौडेल र मेयर आचार्यको टाउकोमा खसेको थियो। आचार्यको देब्रे गाला र कपाल डढेको छ। पौडेलको कपाल डढेको छ भने कानबाट रगतसमेत बगेको छ।

उपचारका लागि उनीहरूलाई पोखराको गैरापाटनमा रहेको फिस्टेल हस्पिटलमा लगिएको छ । पोखरा भ्रमण बर्षको कार्यक्रम भने चलिरहेको छ । उनीहरूको अवस्था थाहा हुन सकेको छैन । Deshsanchar

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्