राष्ट्रिय प्रजातन्त्र दिवसको पूर्व सन्ध्यामा भालुवाङ बजार सरसफाई

दाङ समाचार
दाङ समाचार ६ फाल्गुन २०८१, मंगलवार
1 Min Read
Aa

दाङ – राप्ती गाउँपालिका वडा नम्बर १ भालुबाङ पुलचोक बजार क्षेत्रकाे मंगलबार सरसफाइ गरिएको छ । राष्ट्रिय प्रजातन्त्र दिवसको पूर्व सन्ध्यामा राप्ती गाउँपालिका दाङ र ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय शाखा पाखापानीको संयुक्त आयोजनामा तथा विभिन्न संघसंस्था र सुरक्षाकर्मीहरुको सहयोगमा उक्त सरसफाइ कार्यक्रम सम्पन्न भएको हो ।

ब्रह्माकुमारीज शाखा राप्तीले दुर्व्यसनरहित स्वस्थ र स्वच्छ महाशिवरात्री महोत्सव अन्तरगत उक्त अभियानलाई जाेडेकाे ब्रह्माकुमारीज दाङका प्रवक्ता माधव तिमिल्सेनाले जानकारी दिएका छन् ।

साे अवसरमा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले वर्षको एक दिन मात्रै सरसफाइ कार्यक्रम गरेर नपुग्ने भन्दै प्रत्येक नागरिकले आफ्ना घर र परिवेशलाई सफा राख्नका लागि जिम्मेवार हुनु पर्ने बताए । त्यस्तै उनले सरसफाईलाई केवल सरसफाइमा सीमित नगरी आनीबानी र आचरणमा समेत सुधार ल्याउनुपर्ने आवश्यकता औंल्याए।

“सफाई अब हाम्रो संस्कारको हिस्सा बन्नुपर्छ र प्रत्येक व्यक्तिले आफ्नो घर वरपर सफा राख्न आफ्नो जिम्मेवारी सम्झनु पर्दछ,”उनले भने। सरसफाइ कार्यक्रममा पालिकाका कर्मचारी, ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय पाखापानी शाखाका, राप्ती उद्योग वाणिज्य संघ पदाधिकारी, सशस्त्र प्रहरी बल नेपाल २९ नं. बाहिनी, इलाका प्रहरी कार्यालय र ट्राफिक प्रहरी भालुवाङका सुरक्षाकर्मीहरु, ऐरावती आदर्श बहुमुखी क्याम्पसका शिक्षक तथा विद्यार्थी, रोटरी क्लब अफ राप्ती, आशाका किरण संस्था र टोल विकास संस्थाका पदाधिकारीहरूको सहभागिता थियो।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्