तुलसीपुर उपमहानगरमा अनावश्यक खर्चमा व्यापक कटौती, ढाई करोड बचत

दाङ समाचार
दाङ समाचार १२ फाल्गुन २०८१, सोमबार
6 Min Read
Aa

दाङ – तुलसीपुर उपमहानगरपालिकाले विभिन्न शिर्षकमा हुने अनावश्यक खर्चमा व्यापक कटौती गरेको छ । चालु आर्थिक वर्षको ७ महिनामा इन्धन, भत्ता, सरसफाइ, अनुगमन तथा मूल्याङ्कन, भ्रमण, मसलन्द लगायतका विभिन्न शिर्षकमा खर्चमा व्यापक कटौती गरेर २ करोड ५३ लाख १ हजार ५ सय ५ रुपैयाँ बचत गरेको हो ।

गत वर्षलाई तुलना गर्दा चालु आर्थिक वर्ष २०८१ र ०८२ को साउन देखि माघ महिनासम्म सबैभन्दा बढी सरफाइमा ५२ लाख ९१ हजार ५ सय ८७, सवारी साधन मर्मत खर्चमा ४९ लाख ४९ हजार ४ सय ७४ र इन्धनमा १७ लाख ५६ हजार ६ सय ९७, बचत भएको तुलसीपुर उपमहानगरपालिका आर्थिक शाखा प्रमुख खिमलाल वलीले जानकारी दिनुभयो ।

त्यसैगरी भत्तामा १४ लाख १३ हजार ५५, मेसिनरी तथा औजार मर्मत सम्भारमा १३ लाख ७६ हजार १ सय ३, घरभाडामा १० लाख ५९ हजार २ सय ८६, विविध खर्चमा ८ लाख ९० हजार ५ सय ५६, सेवा र परामर्श खर्चमा ८ लाख ५८ हजार ९३, मसलन्द तथा कार्यालय सामग्रीमा ८ लाख ३० हजार १ सय ३६, भ्रमण खर्चमा ६ लाख १७ हजार १ सय ४१, अन्य भाडामा ४ लाख ३१ हजार ७ सय १०, अनुगमन तथा मूल्याङ्कन खर्चमा ३ लाख ९८ हजार ४ सय ५०, पत्रपत्रीका तथा छपाइमा ३ लाख ५८ हजार ९३ र सूचना तथा प्रणाली सफ्टवेयर संचालन ३ लाख १३ हजार ९ सय ९२ रुपैयाँ बचत गर्न सफल भएको आर्थिक शाखा प्रमुख वलीले बताउनुभयो ।

गत वर्ष कुन शिर्षक कति खर्च भएको थियो र यस वर्ष कति खर्च भयो ?

गत वर्ष भत्तामा १४ लाख ४९ हजार २ सय २१ रुपैयाँ खर्च भएकोमा यस वर्ष ३६ हजार १ सय ६६, इन्धनमा ४८ लाख ९१ हजार ७ सय ३ रुपैयाँ खर्च भएकोमा यस वर्ष ३१ लाख ३५ हजार ६, सवारी साधन मर्मत खर्च ८३ लाख ९३ हजार ६ सय २९ रुपैयाँ खर्च भएकोमा यस वर्ष ३४ लाख ४४ हजार १ सय ५४, मेसिनरी तथा औजार मर्मत सम्भार २० लाख ३६ हजार १ सय १३ रुपैयाँ खर्च भएकोमा यस वर्ष ६ लाख ६० हजार १० रुपैयाँ, मसलन्द तथा कार्यालय सामग्रीमा ७५ लाख ३९ हजार ७ सय ५७ रुपैयाँ खर्च भएकोमा यस वर्ष ६७ लाख ९ हजार ६ सय २१, पत्रपत्रीका छपाई तथा सूचना प्रकाशनमा १८ लाख ११ हजार ९ सय ३३ रुपैयाँ खर्च भएकोमा यस वर्ष १४ लाख ५३ हजार ८ सय ४० रुपैयाँ, सेवा र परामर्शमा १५ लाख २६ हजार ३ सय २२ रुपैयाँ खर्च भएकोमा यस वर्ष ६ लाख ८१ हजार १ सय ८, सूचना प्रणाली तथा सफ्टवेयर सञ्चालनमा ३ लाख ९३ हजार ८ सय ९५ रुपैयाँ खर्च भएकोमा यस वर्ष ८९ हजार ९ सय ३, सरसफाइ सेवा शुल्कमा ६७ लाख ३० हजार ५ सय ४१ रुपैयाँ खर्च भएकोमा यसवर्ष १४ लाख ३८ हजार ९ सय ५४, अनुगमन मूल्याङ्कन खर्च ४ लाख ७७ हजार ५० रुपैयाँ खर्च भएकोमा यसवर्ष ७८ हजार ६ सय, भ्रमण खर्च १९ लाख ५६ हजार ७ सय २६ रुपैयाँ खर्च भएकोमा यस वर्ष १३ लाख ३९ हजार ५ सय ८५, विविध खर्चमा २९ लाख ७२ हजार ३ सय ८५ रुपैयाँ खर्च भएकोमा यसवर्ष २० लाख ८१ हजार ८ सय १९, घरभाडामा १४ लाख ८४ हजार २ सय ४४ रुपैयाँ खर्च भएकोमा यसवर्ष ४ लाख २४ हजार ९ सय ५८, अन्य भाडामा ५ लाख १ हजार ५ सय ६० रुपैयाँ खर्च भएकोमा यस वर्ष ६९ हजार ८ सय ५० रुपैयाँ खर्च भएको छ ।

गत वर्ष यस वर्ष खर्चको तुलना

यो कसरी सम्भव भयो ?
खर्चको अनावश्यक वृद्धि रोक्नका लागि पालिकाले कठोर कदमहरू अघि बढाएका कारण यो सम्भव भएको तुलसीपुर उपमहानगरपालिका मेयर टिकाराम खडकाले बताउनुभयो । आर्थिक चुहावट नियन्त्रण, सुशासनयुक्त जनमैत्री प्रशासनको विकास गर्ने सोंचका साथ लागेका कारण फजुल खर्चबाट पालिकालाई जोगाउन सफल भएको खडकाले बताउनुभयो ।

‘म सुकुमबासी हुँ । जतिबेला मलाई मीठोमसिनो खाने लगाउने रहर थियो । छोराछोरी हुर्काउने र पढाउने जिम्मेवारीले च्यापेको थियो । त्यतिबेला आर्थिक प्रलोभनमा परिन । कमाउने तिर लागिन । म जनताको निम्ति भनेर पार्टीको काममा प्रतिवद्ध भएर लागे । अहिले हिजोको जस्तो उमेर पनि छैन । हिजोको जस्तो रहर पनि छैन । समस्या पनि छैन । छोराछोरी हुर्किसके । आफ्नो खुट्टामा उभिइसके । त्यसकारण म गलत पनि गर्दिन, गर्न पनि दिदैँन । यो मेरो र तेरो पनि भन्दैन । तपाइले मेरो कामबाट बुझिसक्नु भएको छ ।’ मेयर खडकाले भन्नुभयो ।

मेयर खडकाको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीले वषौंदेखि एउटै शाखामा बस्दै आएका कर्मचारीलाई फेरबदल गर्नु भएको थियो । कर्मचारीलाई शाखा परिपवर्तन गर्दा प्रमुख प्रशासकीय अधिकृत डाँगीले निकै पापड पेल्नु परेको थियो । नियमित हुने कार्य सम्पादनलाई चुस्तदुरुस्त बनाउन तथा खर्चलाई घटाउन र आर्थिक चुहावट नियन्त्रणका लागि प्रमुख प्रशाकीय अधिकृत डाँगीले राजश्व प्रशासन शाखा, खरिद तथा जिन्सी शाखा, यान्त्रीक शाखा, योजना तथा फोहर मैला व्यवस्थापन लगायत विभिन्न शाखा प्रमुखहरुको जिम्मेवारी हेरफेर गर्नु भएको थियो ।

तथष्ट रुपमा कर्मचारीको जिम्मेवारी हेरफेर गरेका कारण अधिकाँस कर्मचारीहरु प्रमुख प्रशासकीय अधिकृसंग रुष्ट भएको एक कर्मचारीले बताए । ‘हाकीमसावले पालिका भित्र संगठनका नाममा जे बेथिति थियो त्यसलाई भत्काएर सुधार गर्न आँट गर्नु भएकै हो । कसैलाई काखा र पाखा गर्नु भएको छैन । सुविधानको दृष्टिकोणले व्यक्तीगत रुपमा कसैलाई घाटा भएपनि संस्थागत हिसाबले फाइदा भएको छ ।’ ती कर्मचारीले भने । प्रमुख प्रशासकीय अधिकृत डाँगी २०८० चैत्र १४ गते तुलसीपुर उपमहानगरपालिकामामा सुर्खेतबाट सरुवा भएर आउनु भएको थियो । तुलसीपुर खबरबाट

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्