४३.३८ ग्राम सुनसहित हेटौँडाबाट बाराका चौधरी पक्राउ

दाङ समाचार
दाङ समाचार १२ फाल्गुन २०८१, सोमबार
1 Min Read
Aa

दाङ – मकवानपुर प्रहरीले अवैध सुनसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा जिल्लाको कोल्वी नगरपालिका–५ का ३३ वर्षीय जस जोशी चौधरी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख एसपी विश्वराज खड्काले जानकारी दिनु भयो ।

आइतबार बिहान १०ः३० बजेको समयमा पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा–१५, रातोमाटेमा बारा जिल्लाको कोल्वीबाट नारायणघाटतर्फ जाँदै गरेको ना ५ ख ५१२९ नम्बरको यात्रुवाहक बसलाई रोकी सुरक्षाजाँच गर्ने क्रममा बस चालक चौधरीको साथबाट ४३.३८ ग्राम सुन बरामद गरेको प्रहरीले जनाएको छ ।

आजको बजार भाउअनुसार बरामद भएको सुन ६ लाख ३५ हजार २ सय २६ रुपैयाँ बराबरको भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले बरामद भएको सुनसहित चौधरीलाई राजश्व अनुसन्धान कार्यालय पथलैया पठाएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्