देउखुरीमा भालुको आक्रमणबाट एक जना गम्भीर घाइते

दाङ समाचार
दाङ समाचार १२ फाल्गुन २०८१, सोमबार
1 Min Read
Aa

दाङ – भालुको आक्रमण बाट देउखुरीमा एक जना गम्भीर घाइते भएका छन, घाइते हुनेमा राजापुर गाउँपालिका-४ फोहोरा निवासी वर्ष ५५ का बालकराम यादव रहेको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिनु भयो ।

यादव आज फाल्गुन ११ गते घाँस काट्न भनेर लमही नगरपालिका -८ असानीदेखि उत्तर तर्फ रहेको जुरपानी सामुदायिक वनमा गएका थिए । दिउँसो घाँस काट्न भनेर गएका यादव साँझ अबेरसम्म घर नफर्किए पछी आफन्तहरु खोज्दै जाने क्रममा आज सोमबार बेलुका ४ बजेतिर यादव घाइते अवस्थामा फेला परेका थिए ।

यादवलाई घाइते अवस्थामा फेला पारेपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए । सतबरिया प्रहरी चौकीका प्रमुख असई मान बहादुर नेपालीको टोलीले घटनास्थल पुगेर उनलाई उपचारका लागि लमही अस्पताल पठाएको छ । घाइतेले बताए अनुशार उनलाई दुईवटा भालुले आक्रमण गरेका थिए ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्