दाङ – तुलसीपुरमा गोरुले हान्दा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर-७ जमेरा निवासी ७१ बर्षिय गहचा चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता सुर्य राणाले जानकारी दिए ।
उनका अनुसार चौधरीले आफ्नै घरमा आफ्नै गोरुलाई पानी खुवाउने क्रममा सोही गोरुले हान्न गई घाइते भई राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा उपचार गर्न ल्याएको थियोे । उपचारका क्रममा चौधरीको सावाँ नौ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । चौधरीको ढाड, पेट र दुवै हातमा चोट लागेको थियोे ।

प्रतिक्रिया दिनुहोस्