अमेरिकी सेनाका प्यासिफिक कमाण्डका कमाण्डर फ्लिन काठमाडौँमा

दाङ समाचार
दाङ समाचार २६ जेष्ठ २०७९, बिहीबार
0 Min Read
Aa

काठमाडौँ – चार दिने नेपाल भ्रमणको सिलसिलामा अमेरिकी सेनाको प्यासिफिक कमाण्डका कमाण्डर जनरल चार्ल्स ए फ्लिन आज काठमाडौँ आइपुगेका छन्।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाका रथी बालकृष्ण कार्कीले स्वागत गरेका थिए। प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्माको अमेरिका भ्रमणअघि फ्लिनको नेपाल भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

फ्लिनले शुक्रबार प्रधानसेनापति शर्मासँग जंगीअड्डामा भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। फ्लिन भारत हुँदै नेपाल आएका हुन्।

प्रतिक्रिया दिनुहोस्