संघ र प्रदेशको निर्वाचन तयारीमा जुट्न प्रचण्डको निर्देशन

दाङ समाचार
दाङ समाचार २६ जेष्ठ २०७९, बिहीबार
0 Min Read
Aa

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघ र प्रदेशको चुनावको तयारीमा जुट्‍न नेता कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

पार्टी कार्यालय पेसिडाँडामा आयोजित सम्पर्क समन्वय विशेष प्रदेशको कार्यालय बैठकमा आगामी मंसिरमा हुने संघ र प्रदेशको निर्वाचन तयारीमा लाग्न निर्देशन दिएका हुन ।

स्थानीय तह निर्वाचनमा सम्पर्क समन्वय विशेष प्रदेशको महत्त्वपूर्ण भूमिका रहेको भन्दै प्रचण्डले अबको चुनावमा पनि महत्वपूर्ण हुने बताए।

प्रतिक्रिया दिनुहोस्