चेतनामा आधारित शिक्षा कार्यक्रम हिन्दू विद्यापीठ-नेपालमा सम्पन्न

दाङ समाचार
दाङ समाचार २७ जेष्ठ २०७९, शुक्रबार
2 Min Read
Aa

दाङ – चेतनामा आधारित शिक्षा ( कन्सियसनेस वेस्ड एजुकेशन ) को पाँच दिने प्रशिक्षण कार्यक्रम आज घोराहीको हिन्दू विद्यापीठ-नेपालमा सम्पन्न भएको छ ।

विद्यालयका बालबालिकाको मानसिक विकासका लागी ध्यान अत्यन्त आवश्यक रहेको कार्यक्रममा सहभागीहरुले बताएका छन । ध्यानले मस्तिष्कको कार्यक्षमता अत्यन्त वृद्धीहुने र तनाव रहित भएर अध्ययन गर्न सकिने प्रशिक्षकहरुको भनाइ रहेको छ । प्रशिक्षण कार्यक्रममा महर्षि वैदिक फाउन्डेसनका नारायणप्रसाद धिमाल, अरुणकुमार अर्याल र विमला शर्मा रहेका छन ।

कार्यक्रममा प्रशिक्षक विमला शर्माले अहिले ध्यान युरोप अमेरीका लगाएतका धेरै मुलुकका स्कुल कलेजमा अनिवार्य जस्तै भएको बताईन । हाम्रै ठाउँको कुरा अन्य मुलुकले सिकेर प्रगती गरिसक्दा समेत हामीहरु अझै पछि परिरहेका छौं उनले भनिन । प्रशिक्षक अरुणकुमार अर्यालले शिक्षक र बालबालिकाका लागी यो अपरिहार्य रहेको बताए । ध्यानका माध्यामबाट बालबालिकाको सिर्जनशीलतामा अभिवृद्धी हुनुका साथै चेतना गहन हुने बताए ।

अब हरेक स्कुल कलेजमा ध्यान कक्षाको शुरुवात हुनुपर्ने भन्दै दिनमा कम्तिमा विहान १५ मिनेट र साँझ १५ मिनेट मात्र ध्यान गर्दा पनि मानिसमा निकै ठुलो परिवर्तन आउछ । कार्यक्रममा अर्का प्रशिक्षक नारायणप्रसाद धिमालले हरेक विद्यालयले बालबालिकालाई स्कुलमै कक्षाको रुपमा ध्यान सञ्चालन गर्नु पर्ने भन्दै यस बाट बालबालिकामा नयाँ नयाँ कुराहरु जान्ने र खोज्ने क्षमताको विकास हुने बताए। हरेक मान्छेलाइ सकारात्मक बाटोमा हिडाउने माध्यम नै ध्यान भएकोले अहिलेका अवस्थामा यो सवैको आवश्यकता भई सकेको उनको भनाई छ ।

यस अघि विद्यालयका शिक्षकहरुले लिएको भावातीत ध्यानको प्रशिक्षण अहिले सोहि विद्यालयका बालबालिकालाई दिइएको हो । विद्यालयमा अव नियमित शिक्षक तथा विद्यार्थीहरुको ध्यान कक्षा हुने विद्यालयका निर्देशक डा भोलानाथ योगीले जानकारी दिए । विद्यार्थीलाइ सास्कारिक र व्याहारिक बनाउन मात्र सकेपनि समाज रुपान्तरणले ठुलो फडको मार्ने उनको भनाइ छ ।

कार्यक्रममा विद्यालयका सह प्राचार्य मुधुसुदन पन्त, शिक्षकहरु सागर दाहाल, रुपलाल गिरी, पुश्पा रावत, शुस्मीता सुवेदी, निमा विसी, शोभा पोख्रल लगाएतले आफ्नो भनाई राखेका थिए भने कार्यक्रमको सहजीकरण शिक्षक पिताम्बर रिजालले गरेका थिए।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्