मुग्लिन–आँबुखैरेनी सडकमा चार दिन ठूला सवारी नचल्ने

दाङ समाचार
दाङ समाचार २७ जेष्ठ २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन–आँबुखैरेनी सडक खण्डमा एकतर्फी रुपमा साना सवारी चल्न थालेका छन् । सडक विभागले भित्तातर्फको भाग काटेर विहान ११ बजेदेखि साना सवारी पास हुने व्यवस्था गरेको हो ।

तर, यो सडक खण्डमा ठूला सवारी पास हुन करिब ४ दिन लाग्ने भएको छ । विभागका महानिर्देशक अजुर्नजंग थापाका अनुसार सडक भासिएको ठाउँमा ठाडो भीर छ ।

जहाँ कडा चट्टान भएकाले भित्ततर्फको भाग काटेर सडक बनाउनुपर्ने अवस्था छ । ‘हामीसाग यस्तो अवस्थामा छिटो काम गर्ने प्रविधि छैन, अब ठूला बस ट्रक पास हुन करिब ३ देखि ४ सदिन लाग्छ,’ उनी भन्छन्, ‘भित्तातर्फको भाग काटेर बाटो दुईतर्फी चलाउँछौं ।’

उनका अनुसार केही सो सडकब भएर ठूला यात्रुबाहक र मालबहाक सवारी आवातजावत गर्न पाउने छैनन् । सो स्थानमा गएको पहिरामा पुरिएका २ जनाको शव भेटिएको छ ।

राति सडक नै टुट्ने गरी पहिरो जाँदा कार र मोटरसाइकल नदीमा खसेको थियो । पहिरोमा बा १० च ४६४९ नम्बरको कार र बा ३३ प १०८१ नम्बरको मोटरसाइकल पुरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्