अवैध लागुऔषध गाँजासहित एक युवक पक्राउ

दाङ समाचार
दाङ समाचार २८ जेष्ठ २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौँ – रुपन्देहीको भैरहवामा अवैध गाजाको कारोबार हुने गरेको खुलेको छ। बुधबार जिल्ला प्रहरी कार्यालयले व्यवसायिक रूपमा गाजाको कारोबार गर्ने युवालाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बुधबार साढे ४ बजे करिब ८ किलो गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ बस्ने २३ वर्षीय अभिषेक थापा मगरले लागुऔषध गाँजा कारोवार गरेको भन्ने गोप्य सूचनाको आधारमा घरबाट पक्राउ गरेको हो।

प्रहरी टोलीले घरकोठा र शरीर खानतलासी गर्दा थापा बस्ने दुई कोठे टहरे घरको उत्तरतर्फको कोठभित्र दुई वटा निलो प्लाष्टिक र एक वटा रातो प्लाष्टिकमा पोको पारी राखेको अवस्थामा लागुऔषध गाँजा जस्तो देखिने पदार्थलाई बरामद गरेको छ।

त्यस्तै, सोही कोठामा पहेलो प्लाष्टिकमा पोको पारी राखेको ३ केजी १५० ग्राम गाजा, सानो डिजिटल मेसिन (तराजुं) १ थान, नेपाली नोट जम्मा १ हजार ७२० रुपैयाँ फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता नवरत्न पौडेलले बताए।

अर्को कोठाभित्र रहेको स्टिल दराजभित्र लुकाई राखेको अवस्थामा निलो प्लाष्टिकमा ८ सय ग्राम गाँजा भेट्टिएको थियो भने गाजालाई छुट्टाछुट्टै पोको पारी बिक्री गर्ने अवस्थामा राखिएको र सोही दराजभित्र सेतो प्लाष्टिक ५० थानसमेत फेला परेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्