भैरहवामा एक युवा मृत अवस्थामा फेला

दाङ समाचार
दाङ समाचार २८ जेष्ठ २०७९, शनिबार
1 Min Read
Aa

काठमाडाैँ – भैरहवाकाे होटल सी प्रिन्सबाहिर एक युवा मृत अवस्थामा फेला परेका छन्। भैरहवा बसपार्कनजिकै रहेको होटलमा शुक्रबार राति ७ जनाको समूहमा युवाहरू बसेका थिए।

समूहमा बसेका युवामध्ये एकजनाको मृत्यु भएको हो। मृतक २४ वर्षीय अमित यादव रुपन्देही कोटहीमाई ५ का वासिन्दा रहेको जिल्ला प्रहरी कार्यलय रुपन्देहीले जानकारी दिएको छ।

होटल सञ्चालकका अनुसार माथिल्लो तल्लाबाट चोरी गरी भाग्ने क्रममा लडेर मृत्यु भएको हुनसक्छ। सँगै बसेका अन्य साथीमध्ये ४ जना प्रहरी नियन्त्रणमा छन। २ जना राति नै भागेका हुन्।

चोरी गरेर भाग्ने क्रममा होटलबाट खसेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। चोरी गरेर भाग्ने अवस्थामा माथिल्लो तलाबाट भुइँमा खसेको देखिएको छ। घटनाबारे अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्