काठमाडाैँ – दक्षिणी हुम्लाको चंखेली गाउँपालिका– ४ को पिप्लाङ गाउँमा आगलागी हुँदा दुई घर जलेर नष्ट भएका छन् भने एउटा घरमामा आंशिक क्षती पुगेको छ।
गएराती करिब साढे एक बजेबाट आगलागी हुँदा जलेर नष्ट भएका हुन्। प्रहरी निरीक्षक दिपक मल्लका अनुसार आगलागीबाट दुई घर पूर्ण रूपमा नष्ट भएको र एउटा घरमा आंशिक क्षती पुगेको छ।
स्थानीय कर्णबहादुर शाहीको घरबाट विद्युत सर्ट भएर आगलागी भएको र उक्त आगलागी अन्य दुई घरमा सल्किएको थियो। शाहीको पाँच कोठे घर, लत्ताकपडालगाएत घरमा भएको सम्पूर्ण सामान जलेर नष्ट भएको छ भने गोरबहादुर शाहीको घर पनि जलेर नष्ट भएको छ।
गोरबहादुर शाहीको एउटा गोरु र एउटा खच्चड पनि जेलेर मरेका छन्। उनले शाहीको घरमा ११ लाख नगद, २९ तोला सुन पनि जलेर नष्ट भएको पीडित पक्षले जानकारी गराएको बताए।
त्यसैगरी अर्का स्थानीय शेरबहादुर पालको घर आगलागीबाट आंशिक क्षेती पुगेको छ। आगलागीबाट भएको क्षेतीको प्रहरीले मुचुल्का तयार गरि रहेको कारण क्षेतीको खास विवरण आउन बाँकी रहेको छ।
पिप्लाङ मै रहेको प्रहरी चौकीका इन्चार्ज मोहनदत्त भट्टको नेतृत्वमा गएको १२ जना प्रहरी र स्थानीय बासिन्दाको टोलीले बिहान साढे छ बजे मात्र आगोलाई नियन्त्रणमा लिएको थियो। मध्यराती आगलागी भएको भएपनि मानवीय क्षती भने भएको छैन्।

प्रतिक्रिया दिनुहोस्