खोलाले बगाउदा दुई युवाको मृत्यु

दाङ समाचार
दाङ समाचार २९ जेष्ठ २०७९, आईतवार
1 Min Read
Aa

काठमाण्डौ– चुँदी खोलाले बगाएर भानुका दुई युवाको ज्यान गएको छ ।

माछा मार्नका लागि भानु २ र ५ को संगमस्थल बांगेरहस्थित चुँदी खोला पुगेका भानु २ का २२ वर्षका सागर गुरुङ र ३५ वर्षका धनबहादुर गुरुङको ज्यान गएको तनहुँ प्रहरीका डिएसपी युवराज खडकाले जानकारी दिए।

दिउँसो साढे ४ बजेतिर माछा मार्न गएका उनीहरु मृत भेटिएका खडकाले जानकारी दिए । उनीहरुको शव पोस्टमटको लागि दमौली अस्पतालमा लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्