नेपाल गोजुरियो कराँते दो संघ दाङको अध्यक्षमा: रानामगर

दाङ समाचार
दाङ समाचार १४ असार २०७९, मंगलवार
2 Min Read
Aa

लक्ष्मण बस्नेत, दाङ

नेपाल गोजुरियो कराँते दो संघ दाङको अध्यक्षमा हरिष चन्द्र रानामगर चयन भएका छन् ।

संघको आज सोमबार सम्पन्न अधिवेशनले हरिष चन्द्र राना मगर अध्यक्ष रहेको संघको १७ सदस्यीय नयाँ नेतृत्व सर्वसहमतिले चयन गरेको हो ।
जसको उपाध्यक्षद्वयमा पोमराज घर्तिमगर, हुमबहादुर परियार, सचिब राजनिश कुमार सिंह, कोषाध्यक्ष निशाना रोकामगर, सहसचिव अजय दुलाल रहेका छन ।

त्यसैगरी संघको सदस्यहरुमा एमसन चौधरी, नमबहादुर नेपाली, नकुल नेपाली, किरणा खड्का, सुन्दर रोका, सृजना गौतम, तारा रोकामगर, अन्जली राहु मगर र प्रदिप कुमार चौधरी रहेका छन ।

अधिवेशन उद्घाटन समारोह नेपाल गोजुरियो कराँते दो संघका वरिष्ठ प्रशिक्षक नवराज रोकाको अध्यक्षता तथा दाङ जिल्ला खेलकुद विकास समितीका कार्यालय प्रमुख पदमा चौधरीको प्रमुख आतिथ्य एवं नेपाल सितोरियो कराँतेका लुम्बिनी प्रदेश प्रमुख बलराज नेपालीको बिशिस्ट आतिथ्यमा भएको थियो ।

सो अबसरमा कार्यक्रमका प्रमुख अतिथी चौधरी,बिशिस्ट अथिती नेपाली,तुलसीपुर खानेपानीका निवर्तमान अध्यक्ष तथा समाजसेवी खेमराज वली, दाङ जिल्ला कराँते संघका अध्यक्ष पदम बहादुर बस्नेत, नेपाल गोजुरियो कराँते संघका वरिष्ठ प्रशिक्षक बिरेन्द्र विक,खेल पत्रकार लक्ष्मण बस्नेत लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

तारा रोकामगरको स्वागत रहेको कार्यक्रमको संचालन हरिष चन्द्र रानाले गरेका थिए । यसैबिच संघको आज सोमबार नै बसेको पहिलो बैठले संघको सल्लाहकार चयन र प्रमुख प्रशिक्षक नियुक्त गरेको छ ।

संघका अध्यक्ष हरिषचन्द्र रानामगरको अध्यक्षतामा बसेको बैठकले संघको सल्लाहकारमा खेमराज वली, बिरेन्द्र विक,नवराज रोका, लक्ष्मण बस्नेत,बिबेक विक र संघको प्राविधिक प्रमुखमा घनश्याम गिरीलाई चयन गर्ने निर्णय गरेको सचिब राजनिशकुमार सिंहले जानकारी दिए ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्