चार आधारमा टेकेर भइरहेको छ सिट बाँडफाँटको छलफल

दाङ समाचार
दाङ समाचार ८ भाद्र २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं– सत्ता गठबन्धनले चार आधार तय गरेर सिट बाँडफाँट टुंग्याउने तयारी गरेको छ। सोलोडोलो संख्याभन्दा पनि विभिन्न आधारलाई लिएर बाँडफाँट गर्ने कुरामा सहमति जुटेको हो।

सिट बाँडफाटको मोडालिटी बनाउन गठित कार्यदलका सदस्य हिमलाल पुरीका अनुसार चार आधार तय गरेर त्यसमाथि छलफल भइरहेको छ। बुधबारसम्म बाँडफाँटको मोडेल लगभग तयार हुने उनको भनाइ छ।

उनका अनुसार प्रतिनिधि सभा र प्रदेश सभाका सिट बाँडफाँट गर्न चार आधार तय गरिएका छन्। पहिलो, २०७४ सालमा जितेका क्षेत्र, दोस्रो समानुपातिकमा प्राप्त भोट, तेस्रो स्थानीय तह निर्वाचनको नतिजा र चौथो कुन क्षेत्रमा कसलाई टिकट दिँदा विजय सुनिश्चित हुन्छ, त्यसैलाई दिने।

यी आधारमा छलफल सकारात्मक रहेको पुरीले बताए। बुधबारसम्म मापदण्ड तय हुने उनको भनाइ छ। मंगलबारको छलफलमा समितिका संयोजक कृष्णप्रसाद सिटौला अनुपस्थित थिए। नेपाल लाइभ 

प्रतिक्रिया दिनुहोस्