अहिलेको नेतृत्वबाट मुलुक अघि बढ्न सक्दैन – कांग्रेस नेता भण्डारी

दाङ समाचार
दाङ समाचार ११ भाद्र २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौं– नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले नेपाली कांग्रेसमा नयाँ नेतृत्वको खाँचो रहेको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

नेता भण्डारीले हरेक पार्टीमा रहेका युवाहरु नेतृत्व तहमा जाने कि नजाने भन्ने दोधारमा रहेको बताए। नेपाली कांग्रेसमा पनि परिवर्तनको खाँचो रहेको उनको भनाइ छ।

अहिले भएका नेतृत्व तहबाट आगामी दिनमा मुलुक अघि बढ्न नसक्ने उनको दाबी छ। नेता भण्डारीले नेपालको राजनीतिमा केही न केही विकृतिहरु प्रवेश गरिरहेको बताउँदै वर्तमान नेपालको राजनीति अहिलेका नेताबाट चल्न नसक्ने दाबी गरे।

नेता भण्डारीले सत्ताको स्वार्थको लागि मात्रै गठबन्धन गर्न खोजिएको हो भने त्यो नटिक्ने दाबी गरे। उनले देशका १८ वर्षभन्दा माथिका युवाहरु विदेश पलायन भएको स्मरण गराउँदै यो नेपालको राजनीतिको ठूलो चुनौती भएको उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस्