कांग्रेसले शुरु गर्यो ‘जनताको साथमा कांग्रेस’ अभियान

दाङ समाचार
दाङ समाचार १७ भाद्र २०७९, शुक्रबार
2 Min Read
Aa

दाङ – प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन मिति नजिकिंदै गर्दा नेपाली कांग्रेसले आफ्नो चुनावी कार्यक्रमलाई गति दिन थालेको छ । यसैविच दाङ क्षेत्र नम्बर १ ले गढवामा क्षेत्र स्तरको ‘जनताको साथमा कांग्रेस’ अभियान सम्पन्न गरेको छ ।

यो अभियान तीन चरणमा सञ्चालन हुने बताइएको छ। पहिलो चरण भदौ १० देखि वीपी जन्मजयन्ती संगै भदौ २४ सम्म, दोस्रो चरण समानुपातिक उम्मेदवारी दर्तापछि र तेस्रो चरण प्रत्यक्षतर्फको उम्मेदवारी दर्तापछि सञ्चालन हुने नेपाली काङ्ग्रेस केन्द्रिय समितिले कार्यतालिका बनाएको छ त्यही अनुशार कार्यक्रम हुन्छ” नेपाली कांंग्रेस दाङ क्षेत्र नम्बर १ का प्रवक्ता अजय न्यौपानेले भने ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्ण किशोर घिमिरेले नेपाली कांग्रेस सधैं जनताको हकहितका लागि काम गर्ने पुरानो पार्टी भएकाले अबका दिनमा अझैं सक्रिय हुँदै हरेक परिवारको घर दैलोमा पुग्न जरुरी रहेको बताए ।

त्यस्तै नेपाली कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री सुरेन्द्र आचार्यले मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकिदै गर्दा आफू पनि मतदानमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई अनुरोध गर्न सम्पुर्ण कार्यकर्तालाई अपिल गरे ।

नेपाली कांग्रेसका केन्द्रीय महाधिवेशन प्रतिनिधि जानकीलाल बस्नेतले बिगतका सरकारले गरेका जति पनि कमि कमजोरीहरु छन तिनै कमजोरीनै नेपाली कांग्रेसको मुल एजेन्डा हुने बताए । ” अब देश र जनताकाको आर्थिक समृद्धि र आयस्तर कसरी बढाउन सकिन्छ यसबारे कांग्रेसको मुख्य चिन्तनको विषय हो ” – बस्नेतले भने ।

जनताले धेरै किसिमका अपेक्षा गरे तर हाल सम्म ति अपेक्षाहरु थोरै मात्रामा पनि पूरा हुन नसकेको नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ का सभापति भेषराज पाण्डेले बताए । “जनतासंग नेपाली कांग्रेस शब्द नै मुलत सबैले बुझ्न सकिन्छ तर राजनीति जनतासंग पुग्न सकेको छैन राजनिती कतै अल्मलियो अन्य बिषयमा केन्द्रित रह्यो , अबको राजनीति जनतासंग बढी केन्द्रित रहन पर्छ , जनतालाई माथी उकास्न र समुन्नत बनाउन गरिने राजनिती जनताबाट अलग भयो भने गर्न सकिँदैन ” सभापति पाण्डेले भने ।

कार्यक्रममा दाङ क्षेत्र नम्बर १ प्रदेश ख सभापति दिनेश गिरीले धन्यवाद ज्ञापन गरेका थिए । दाङ क्षेत्र नम्बर १ प्रदेश “क” सभापति श्रीपत चौधरीको स्वागतमन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण क्षेत्रीय सचिव हरिहर शर्माले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्