दाङ कांग्रेसमा प्रत्यक्ष र समानुपातिक गरि १४४ उम्मेदवारको नाम प्रदेशमा सिफारिस

दाङ समाचार
दाङ समाचार २० भाद्र २०७९, सोमबार
2 Min Read
Aa

दाङ – नेपाली कांग्रेस दाङले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रदेशसभा र क्षेत्रीय कार्यसमितिबाट आएका उम्मेदवारहरुको नाम प्रदेश कार्यसमितिमा सिफारिस गरेको छ ।

नेपाली कांग्रेस दाङ जिल्ला कार्यसमितिको शनिवार घोराहीमा बसेको बैठकले प्रदेश कार्यसमिति र क्षेत्रीय कार्यसमितिबाट आएका सम्भावित उम्मेदवारहरुको नामावली राय सुझावसहित नेपाली कांग्रेस लुम्बिनी प्रदेशको कार्यसमितिलाई आइतवार पठाएको हो । प्रदेश कार्यसमितिले जिल्लाले सिफारिस गरेका नाममा छलफल गरेर राय लेखेर केन्द्रमा पठाउनुपर्ने विधानमा व्यवस्था छ । उम्मेदवारको अन्तिम टुंगो भने केन्द्रीय संसदीय बोर्डले लगाउने छ ।

जिल्लाका ३ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रका लागि १४ जना र समानुपातिकतर्फ २१ जना गरी ३५ जना सम्भावित उम्मेदवारको नामावली जिल्ला कार्यमितिको बैठकको निर्णय अनुसार नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिलाई पठाएको नेपाली कांग्रेस दाङका सचिव अर्जुनकुमार योगीले बताए ।

‘क्षेत्रीय र प्रदेश कार्यसमितिबाट आएका सम्भावित उम्मेदवारहरुको नाम शनिवार बसेको जिल्ला कार्यसमितिको बैठकले राय सुझावसहित प्रदेश कार्यसमितिलाई पठाउने गरेको निर्णय अनुसार हामीले आइतवार पठाएका छौ’, जिल्ला सचिव योगीले भने– ‘सम्भावित उम्मेदवारहरुको नामावली पठाउँदा कुन क्षेत्रका लागि कुन नेता योग्य हुनसक्छ भनेर रायसुझाव दिएका छौँ ।’

जिल्ला कार्यसमितिले नेपाली कांग्रेस प्रदेश कार्यसमितिलाई १४४ जनाको नाम लिष्ट पठाएको छ । प्रतिनिधिसभातर्फ ३ क्षेत्रका लागि प्रत्यक्षमा १४ जना र समानुपातिकतर्फ २१ जना गरी ३५ जना र प्रदेशका ६ पदका लागि प्रत्यक्षमा ३८ जना र समानुपातिकतर्फ ७१ जना गरी १०९ छन् ।

प्रतिक्रिया दिनुहोस्