प्युठानबाट सुर्य थापा सर्वसम्मत सिफारिस

दाङ समाचार
दाङ समाचार २० भाद्र २०७९, सोमबार
1 Min Read
Aa

प्युठान – नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं प्युठान जिल्ला इन्चार्ज सुर्य थापा प्युठानबाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्य उम्मेदवार सिफारिस भएका छन । थापालाई पार्टीले पहिलोपटक प्रत्यक्ष निर्वाचनमा उठाएको हो।

सोमबार बसेको जिल्ला समितिको चौथो पुर्ण बैठकले नेता थापाको एकल नाम सर्वसम्मत रुपमा सिफारिस गरेको जिल्ला सचिब माधब पौडेलले जानकारी दिए । पत्रकारिता पृष्ठभुमिबाट एमालेको पार्टी राजनीतिमा आएका थापा तत्कालिन प्रधानमन्त्री केपि शर्मा ओलीको प्रेस सल्लाहकार समेत भएका थिए । सचिब पौडेलका अनुसार प्युठानमा प्रत्यक्षतर्फ प्रदेश (क) बाट एमालेको लुम्विनी प्रदेश सचिबालय सदस्य तुलसिराम शर्मा र प्रदेश (ख) बाट केन्द्रीय सदस्य एवं प्युठान जिल्ला सहईन्चार्ज हरिप्रसाद रिजालको एकल नाम सिफारिस गरेको हो ।

रिजाल २०७४ सालको निर्वाचनमा प्रदेश ‘क’ बाट चुनाब जितेर लुम्बिनी प्रदेशको सहरी तथा ग्रामीण बिकाश मन्त्री समेत भएका थिए ।

प्रतिक्रिया दिनुहोस्