मेरो विरुद्ध भ्रम छरिन कोमल वलीले- कांग्रेस नेता डिसी

दाङ समाचार
दाङ समाचार २० भाद्र २०७९, सोमबार
2 Min Read
Aa

दाङ – नेपाली काँग्रेसकी पूर्व केन्द्रीय सदस्य तथा पूर्व प्रतिनिधिसभा सदस्य पार्वती डिसी चौधरीले नेकपा एमालेकी केन्द्रीय सदस्य कोमल वलीले आफ्नो विरुद्ध भ्रम छर्न खोजेको बताइएकी छन् ।

काँग्रेस नेतृ चौधरीले एमाले नेतृ वलीले आफ्नो राजनीतिक चरित्र हत्या गर्न खोजेको भन्दै आक्रोस पोखिन् । ‘कोमल वली हिजो नाँच्दै गाउँदै राप्रपा हुँदै एमाले हुँदै सांसद बनेकी हुन नि ?,’ उनले भनिन् ‘अर्काको चरित्र हत्या गर्न उनलाई जे पनि छुट छ भन्ने लेखिदिनुस् ।’

काँग्रेस नेतृ चौधरी २०७० सालको निर्वाचनमा दाङको क्षेत्र नं. १ बाट निर्वाचित भएकी थिइन् । पछिल्लो समय उनी समानुपातिक सांसद थिइन । त्यस्तै उनी दुई कार्यकाल काँग्रेसको केन्द्रीय सदस्य थिइन । यसपटक उनी मनोनितमा नपरेपछि केही असन्तुष्टि पोख्दै आएकी छन् ।

एमाले नेतृ वलीले पछिल्लो समय सामाजिक सञ्जालमा लेखेको आफ्नो स्ट्याटस हटाइ सकेकी छन् । त्यस विरुद्ध काँग्रेस नेतृ डिसीले भ्रम सिर्जना गर्न खोजेको भन्दै आक्रोस पोखेकी हुन् । पूर्व राष्ट्रिय सभा सदस्यसमेत रहेकी एमाले नेतृ वलीले सोमबार दिउँसो आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत काँग्रेस नेतृ चौधरी एमालेमा पार्टी प्रवेश गरेको कुरा सार्वजनिक गरेकी थिइन् ।

वलीले लेखिकी थिइन ‘नेपाली काँग्रेस दाङबाट प्रतिनिधिसभा सदस्य माननीय पार्वती डिसी चौधरीलाई नेकपा एमालेमा स्वागत छ । आज म धेरै खुसी छु । दिदी भिनाजु मेरा प्रिय हुनुहुन्छ ।’
उनले यो स्ट्याटस लेखे लगत्तै बुझ्ने प्रयास गर्दा एमाले केन्द्रीय सदस्य वलीले सोमबार दिउँसो च्यासलमा एक कार्यक्रमका बीच काँग्रेस नेतृ डिसी एमाले पार्टी प्रवेश गर्न थालेको फोनमा जानकारी दिएकी थिइन् ।

त्यसपछि काँग्रेस नेतृ चौधरीलाई फोन सम्पर्क गर्दा उनले एमाले नेतृ वलीले आफ्नो राजनीतिक चरित्र हत्या गर्न थालेको भन्दै आक्रोस पोखेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्