गठबन्धनमा सिट बाँडफाँटकाे टुङ्गो आजै, प्रतिवेदन तयार गरी शीर्ष नेताहरूलाई बुझाउने तयारी

दाङ समाचार
दाङ समाचार २१ भाद्र २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडाैँ – साेमबार बसेको बैठक निष्कर्षविहीन भएपछि सत्ता गठबन्धनमा सिट बाँडफाँटका लागि गठित कार्यदलको बैठक मंगलबार पनि बस्ने भएको छ।

सिट बाँडफाँटकाे टुङ्गाे लगाउने भन्दै हिजाे बसेकाे बैठक निष्कर्षबीना नै टुङ्गिएपछि आज पुनःबस्न लागेकाे सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

उनका अनुसार आजको बैठकमा सिट बाँडफाँट टुङ्गो लगाउने र प्रतिवेदन तयार गरी शीर्ष नेताहरूलाई बुझाउने तयारी रहेकाे छ। हिजाे साेमबार बसेकाे बैठकमा देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा दलहरूको अवस्थाबारे छलफल गरिएकाे थियाे।

प्रतिक्रिया दिनुहोस्