घट्यो सुन र चाँदीको मुल्य

दाङ समाचार
दाङ समाचार १७ कार्तिक २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं – बिहीबार सुन र चाँदीको मूल्य घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य तोलामा ४ सय र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको महासंघले जनाएको छ ।

घटेको मूल्यअनुसार बिहीबार छापावाल सुनको मूल्य ९३ हजार २ सय, तेजावी सुनको मूल्य ९२ हजार ७ सय र चाँदीको मूल्य १ हजार २१५ रुपैयाँ तोकिएको छ ।

बुधबार छापावाल सुनको मूल्य ९३ हजार ६ सय र चाँदीको मूल्य १ हजार २२५ रुपैयाँ थियो ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्