भित्रीवस्त्रमा लुकाइराखेको आधा किलाे सुनसहित विमानस्थलबाट एक युवा पक्राउ

दाङ समाचार
दाङ समाचार २६ जेष्ठ २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – कतारबाट आएको अवैध सुनसहित एक युवा पक्राउ परेका छन्। बिहीबार बिहान करिब पाैने दश बजे कतार एयरवेजको क्युआर ६५२ हुँदै नेपालका आएका धनुषाका एक युवालाई एयरपोर्ट भन्सार कार्यालयले पक्राउ गरेको हो।

उनको साथबाट थान-४ जम्मा तौल ४६६.५ ग्राम र सिक्री आकारको सुन थान-१ तौल ५० ग्राम गरी कुल तौल जम्मा ५१६.५ ग्राम सुन बरामद गरेको त्रिभुवन विमानस्थल भन्सार प्रमुख महेश भट्टराईले जानकारी दिए।

उनले सो सुन लगाइराखेको भित्री वस्त्र (कटटु)मा फल्स पकेट बनाई बिस्कुट आकार बनाई राखेका थिए। उनलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरेको छ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्