नेपालगञ्जका विद्यालयमा पाँच दिन गर्मी बिदा

दाङ समाचार
दाङ समाचार २६ जेष्ठ २०७९, बिहीबार
1 Min Read
Aa

दाङ – गर्मी अत्यधिक बढेपछि बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले विद्यालयहरूमा गर्मी बिदा दिएको छ । अत्यधिक गर्मीका कारण पठनपाठनमा समस्या भएपछि उपमहानगरले पाँच दिन विद्यालयहरूमा बिदा दिइएको हो ।

शिक्षा, युवा तथा खेलकुद महाशाखाका उपसचिव गोर्ख बहादुर थापाले जेठ २७ गतेदेखि जेठ ३१ गतेसम्म सम्पूर्ण विद्यालयहरूमा बिदा दिइएको बताए । यस्तै खजुरा गाउँपालिकाले जेठ २७ गतेदेखि जेठ ३० गतेसम्म विदा दिने निर्णय गरेको शिक्षा, युवा तथा खेलकुद शाखाका शाखा अधिकृत खगेन्द्र बहादुर मल्लले जानकारी दिए ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्