सन्दीप न्यौपाने र विन्दु परियारको जादुमय स्वरमा ‘चिनी हो कि नुन’

दाङ समाचार
दाङ समाचार २८ जेष्ठ २०७९, शनिबार
1 Min Read
Aa

दाङ – नेपाली लोक दोहोरी क्षेत्रका चर्चित गायक तथा मोडल सन्दीप न्यौपाने र गायिका विन्दु परियारको स्वर रहेको ‘चिनी हो कि नुन’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा दिनेश सुवेदीको शब्द, दीपक शर्माको संगीत, सुदीप सागरको एरेञ्ज र श्यामश्वेत रसाइलीको मिक्सिङ तथा मास्टरिङ छ ।

भिडियोमा केकी अधिकारी र हुकुम केसी फिचर्ड छन् । सान थापाको निर्देशन रहेको भिडियोमा राजीव समरको कोरियोग्राफी, रोशन विकेको सहायक कोरियोग्राफी, अर्जुन तिवारीको छायांकन तथा सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।

गायक न्यौपानेका यस अघिका थुप्रै गीत चर्चित भएका छन । गायक न्यौपाने गायनका साथ साथै अभिनयमा समेत जम्दै गएका छन।

यो गीतको पुरा भिडियो हेर्नका लागि तलको लिंकमा क्लिक गर्नु होस्।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्