राजपुर गाउँपालिकाले ‘पढ्दै कमाउदै’ कार्यक्रम लागु गर्ने

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर २६ भाद्र २०७९, आईतवार
3 Min Read
Aa

दाङ – राजपुर गाउँपालिकाले “पढ्दै कमाउदै” कार्यक्रम लागु गर्ने भएको छ । पालिकाभित्र बसोबास गर्ने सबै नागरिकका बालबालिकाले निशुल्क रुपमा पठन पाठन गर्न सकुन, पढाईका साथ साथै आय आर्जन गरेर आफ्नो पढाई खर्च उठाउन सकुन भन्ने यो कार्यक्रमको मुख्य उदेश्य भएको अध्यक्ष शरदकुमार बुढाथोकीले बताए ।

No description available.

पालिकाले शिक्षा क्षेत्रमा समृद्धिको एउटा नमुना अभ्यास कार्यक्रम अघि सारेको छ, यो कार्यक्रमको मुख्य उद्देश्य भनेको पढाइ बाहेक खाली समयमा बालबालिका आर्थिक आयस्तरमा जोड्नु हो’- अध्यक्ष बुढाथोकीले भने । पालिकाले कक्षा १२ सम्म निशुल्क पठन पाठनको व्यवस्था गरिसकेको छ भने सामुदायिक विद्यालायामा अध्ययनरत बालबालिकालाई सिपमुलक काम दिएर आर्थकमा पनि बलियो बनाउने लक्ष्य लिएको उनले भने ।

No description available.

पालिकाले शुरुवात गर्न लागेको ‘पढ्दै कमाउदै’ कार्यक्रम प्रति अभिभावकले सकारात्मक प्रतिक्रिया दिएका छन। यो कार्यक्रमलाई सबै मिलेर सफल बनाउनु पर्ने अभिभावकहरुको भनाई छ ।

शिक्षामा सुधार ल्याउनका लागि पछिल्लो पटक राजपुर गाउँपालिकाले बिशेष चासो देखाएको छ। अध्यक्ष शरदकुमार बुढाथोकीले बालबालिकाको भविष्य संग जोडिएको शिक्षा जस्तो अति महत्वपुर्ण कुरामा कसै संग सम्झौता नहुने बताए । हुनेखानेका छोराछोरी सहर केन्द्रित भएर पढिरहेका छन, दूरदराजका बस्तीमा बस्ने सर्बसाधारणका छोराछोरीले पढ्ने भनेकै गाउँका सामुदायिक विद्यालयमा हो, त्यसकारण सहर र गाउँका सामुदायिक विद्यालयको अवस्था उस्तै उस्तै गराउने हाम्रो उदेश्य हो, यो हाम्रो उदेश्यलाई सफल पार्नका लागि अभिभावक, शिक्षक, विद्यार्थी, कर्मचारी सबैले सहयोग गर्नु पर्छ’- अध्यक्ष बुढाथोकीले भने ।

No description available.

“पढ्दै कमाउदै” कार्यक्रम कक्षा ७ देखि १० सम्म लागू हुने भएको छ । माध्यामिक विद्यालय स्तरको पढाइ भैरहेका विद्यालयमा अभिभावकसंग छलफल भैरहेको सामाजिक विकास समिती संयोजक ओम प्रकाश यादवले जानकारी दिए । संयोजक यादवका अनुशार सबै विद्यालयमा पुगेर राय सुझाव लिने र कार्ययोजना बनाएर बिधेयक निर्माण गरि लागू गरिने छ ।

No description available.

पढाईको समय पछि बचेको समयमा बालबालिकाले के गर्न सक्छ्न ? त्यो बारे अभिभावकले अध्ययन गरेर बिवरण पालिकामा पेश गर्नु पर्ने छ । पालिकामा रहेका ३२ वटा सबै सामुदायिक विद्यालयबाट बिवरण संकलन भैसकेपछि पालिकाले सोहि बमोजिम कार्ययोजना बनाउने शिक्षा शाखा प्रमुख केशब लम्सालले जानकारी दिए ।

राजपुर गाउँपालिकाका अध्यक्ष शरदकुमार बुढाथोकी, उपाध्यक्ष धनपतिदेवी यादव, वडाध्यक्षहरु ओम प्रकाश यादव, सुर्यप्रसाद चौधरी, श्यामबहादुर रोका, शिक्षा अधिकृत केशव लम्साल लगायतको टोलि पालिकाभित्र रहेका सामुदायिक विद्यालयमा पुगेर अभिभावकसं छलफल तथा सल्लाह सुझाव संकलन गरिरहेका छन ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्