माओवादीका सहइञ्चार्ज परियार एमाले प्रवेश

दाङ समाचार
दाङ समाचार ३० भाद्र २०७९, बिहीबार
1 Min Read
Aa

काठमाण्डौ – माओवादी केन्द्रका केन्द्रीय सदस्य यमबहादुर परियार इन्द्रजीत नेकपा एमाले प्रवेश गरेका छन् ।

माओवादी केन्द्र, चितवन जिल्ला सहइञ्चार्ज समेत रहेका परियार एमाले केन्द्रीय पार्टी कार्यालय ललितपुरमा एमाले अध्यक्ष केपी शर्मा ओलीको हातबाट टीका लगाएर एमाले प्रवेश गरेका हुन् ।

भरतपुर महानगरपालिका वडा नं. १३ घर भएका परियार एमाले र माओवादी मिलेर बनेको नेकपा कालमा चितवन जिल्लाको अध्यक्ष भएर काम गरेका नेता हुन् । २०६४ सालको संविधानसभा निर्वाचन चितवन– १ बाट उम्मेदवार बनेर परियार एमाले नेता लालमणि चौधरीसँग पराजित भएका थिए ।

झण्डै १२ वर्षभन्दा बढी जिल्ला अध्यक्ष भएर काम गरिसकेका परियारलाई माओवादी केन्द्रले चितवन निर्वाचन क्षेत्र नं. ३ (ख) बाट प्रदेश सांसदका लागि सिफारिस गरेको छ ।

माओवादी केन्द्र राजनीतिक वैचारिक र सांगठनिक हिसावले च्यूत बन्दै गएकाले परित्याग गरेको उनले बताए ।

परियारसँगै माओवादीको भरतपुर महानगरपालिका सहइञ्चार्ज अञ्जन तिमिल्सिना, बागमती प्रदेश परिषद सदस्य पिताम्बर पोखरेल, कालिका नगर कमिटी उपाध्यक्ष तुलबहादुर विक, जिल्ला सदस्य लावण्यराज शर्मा, वडा नं. १६ का वडाध्यक्ष नारायण अधिकारी, वडा नं. १५ का वडाध्यक्ष आकाश थापा, माडी नगरपालिका ७ देवेन्द्रपुरका गिरीधारी सुवेदीसहितका नेता कार्यकर्ता पनि एमाले प्रवेश गरेका छन् ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्