एमाले सचिवालय बैठक बस्दै

दाङ समाचार
दाङ समाचार २ आश्विन २०७९, आईतवार
1 Min Read
Aa

काठमाण्डौ – नेकपा एमालेको सचिवालय बैठक आज पनि बस्दै छ । आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको उम्मेदवारको नामावली तयार गर्न बैठक बस्न लागेको हो ।

शनिबार साँझ बसेको बैठकले उम्मेदवारको सूची तयार गर्न नसकेपछि पुन: आज बैठक बस्न लागेको हो । आजको बैठकले उम्मेदवारको सूची तयार गर्ने नेताहरूले बताएका छन् ।

शनिबारको बैठकमा सङ्घीयतर्फ ११० र प्रदेशतर्फ २२० उम्मेदवारको सूची बनाउन विभिन्न मापदण्ड बनाउने, समावेशितालाई ध्यानमा राखेर क्लस्टरवाइज ध्यान दिँदै मापदण्ड बनाउनेबारे छलफल भएको थियो । आजको बैठक ११ बजेपछि बोलाइएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्