लमहीका २ सय २० घरमा टिनको छाना लगाउने काम सम्पन्न

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर २७ मंसिर २०८०, बुधबार
2 Min Read
Aa

दाङ – नेपाल सघन शहरी तथा भवन निर्माण योजनाको आर्थिक सहयोगमा लमही नगरपालिकाबाट संचालित खरको छाना युक्त अभियान अन्तर्गत लमही नगरपालिका भिय्त्र दुई सय वीस वटा घरमा टिनको छाना लगाउने कार्य सम्पन्न भएको छ । तीन वर्षको अवधिमा २ सय २० वटा घरमा टिनको छाना लगाउने कार्य सम्पन्न भएको लमही नगरपालिका योजना शाखा प्रमुख सुनिता पोख्रेलले जानकारी दिनु भयो ।

वडा नम्बर १ देखि ९ नम्बर सम्म १ हजार घरमा छाना लगाउनु पर्ने छ, जसमध्य २ सय २० घरमा टिन लगाएर सकिएको छ भने ७ सय ८० घरमा टिन लगाउने कार्य भैरहेको छ’- प्रमुख पोख्रेलले भन्नु भयो । टिन लगाउन बाँकी रहेका घरमा काम के कति भैरहेको छ भनेर हामीले निरन्तर अनुगमन र छिटो काम सम्पन्न गर्न भनिरहेका छौं, उहाँले भन्नु भयो ।

सरकारले विपन्न, असहाय र सिमान्तकृत समुदायहरूको पहिचान गरि उनीहरुको घरमा टिनको छाना लगाएर खरको छानालाई विस्थापित गर्ने लक्ष्य लिएको छ । सोहि अनुसार नेपाल सघन शहरी तथा भवन निर्माण योजनाको आर्थिक सहयोगमा लमही नगरपालिका भित्र बसोबास गर्ने विपन्न, असहाय र सिमान्तकृत समुदायहरूको घरमा खरको छाना हटाएर टिनको छाना लगाउने काम भैरहेको हो ।

बितेको तीन वर्षमानेपाल सघन शहरी तथा भवन निर्माण आयोजनाले प्रति घरका लागि ५० हजार रुपैयाँ विनियोजन गरेको थियो, अब यस आर्थिक वर्ष २०८०/८१ बाट प्रति घर ७५ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । साेमबार वडा नम्बर ९ अन्तर्गत विपन्न, असाहाय र सिमान्तकृत समुदायहरूको घरका खरका छाना हटाएर जस्तापाता लगाइएको घरहरूकाे अनुगमन गरिएको हाे । अनुगमनमा लमही नगरपालिका नगर उप–प्रमुख लक्ष्मी योगी, लमही नगरपालिका योजना शाखा प्रमुख सुनिता पोखरेल, पुनिराम चौधरी, लमही नगरपालिका – २ का वडासदस्य सनिता चौधरी, ८ नम्बर वडा सदस्य देवा परियार, योजना शाखा कर्मचारी कमल शर्मा लगायतको सहभागिता रहेको थियो ।

No description available.

No description available.

No description available.

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्