माछा मार्न गएका दुईको मृत्यु

दाङ समाचार
दाङ समाचार ३० जेष्ठ २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं –  तनहुँको भानु नगरपालिका–२ मोहरिया गाउँमा माछा मार्ने क्रममा दुईजनाको मृत्यु भएको छ। आइतबार साँझ तनहुँमा एकै गाउँका ३५ वर्षीय धनबहादुर गुरुङ र सोही वडा निवासी २२ वर्षीय सागर गुरुङको माछा मार्ने क्रममा मृत्यु भएको हो।

उनीहरुमा मामा र फुपूको छोरा रहेका छन्। मिलेर माछा गएका उनीहरु पौडी खेल्दा डुबेर मृत्यु भएको स्थानीय राजेश कार्कीले जानकारी दिए। दुवै जना आँखामा राखे पनि नबिझाउने स्वभावका थिए । उनले भने, “अझै पनि उनीहरुको तस्बीर आँखा अगाडि झलझली घुमिरहेको छ ।”

उनीहरुको भानु नगरपालिका–२ र ५ को सिमानामा पर्ने चुदीखोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको भानु इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिए।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्