जनकपुर जान लागेको विमानको यात्रुको साथबाट एक राउण्ड गोली बरामद

दाङ समाचार
दाङ समाचार १ असार २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं – काठमाडौंबाट जनकपुर जान लागेकी एकजना यात्रुको झोलामा एक राउण्ड गोली भेटिएको छ । नियमित चेकजाँचका क्रममा गोली भेटिएपछि प्रहरीले सर्लाहीको हरिपुर नगरपालिका–७ की ३६ वर्षीय किरणकुमारी सिंहलाई पक्राउ गरेको छ ।

विमानस्थलको आन्तरिक उडानतर्फ प्रस्थान कक्षको ह्याण्ड ब्यागेज चेकिङ एरियाबाट उनलाई नियन्त्रणमा लिइएको विमानस्थल प्रहरीले जनाएको छ । उनी बुद्ध एयरको उडानमार्फत जनकपुर जान लागेकी थिइन् । थप अनुसन्धान तथा कारबाहीका लागि उनलाई प्रहरी वृत्त, गौशाला पठाइएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्