फट्के तर्दा सेती नदीमा खसेर मृत्यु

दाङ समाचार
दाङ समाचार २ असार २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ  –  डोटीमा फट्के तर्ने क्रममा सेती नदीमा खसेर एक जना गर्भवती महिलाको मृत्यु भएको छ । रोपाईं गर्नका लागि नदी पारी रहेको खेतमा जान खोज्दा आदर्श गाँउपालिका-६ की १८ वर्षीया ढुल्लु अधिकारीको फट्केबाट नदीमा खसेर मृत्यु भएको स्थानीय वीरबहादुर थापाले जानकारी दिए ।

नदीमा खसेकी उनको शव फट्के नजिकै फेला परेको थापाले बताए । स्थानीयबासिन्दाका अनुसार गत मंसिरमा विवाह गरेकी उनी गर्भवति थिइन् । उनका श्रीमान् रोजगारीको लागि भारतमा छन् ।

पोहोर कात्तिकमा सेतीमा आएको बाढीले झोलुङ्गे पुल बगाएपछि स्थानीयबासिन्दाले अस्थायी फट्के हालेर ओहोरदोहोर गरिरहेका छन् । गत हप्ता पनि यहाँबाट खसेर एक जना गम्भीर घाइते भएका थिए ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्