तुलसीपुर नगर स्तरिय राष्ट्रपति रनिङ शिल्ड हुँदै

दाङ समाचार
दाङ समाचार ३ असार २०७९, शुक्रबार
1 Min Read
Aa

लक्ष्मण बस्नेत, दाङ

तुलसीपुर नगर स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ असार ७ गते देखि सुरु हुदैछ ।

पशुपति माध्यामिक विद्यालय हरिपौरीको आयोजना तथा तुलसीपुर उपमहानगरपालिकाको संयोजनमा बेलझुण्डी रंगशालामा प्रतियोगिता संचालन हुनेछ ।

तीन दिन सम्म संचालन हुने प्रतियोगितामा फिल्ड तर्फ भलिबल, कबडी, छात्र/छात्रा त्यस्तै ऎथ्लेटिक्स ट्रयाक तर्फ १००,२००,४००,८००,१५००,३००० मिटर छात्र / छात्रा दौड,१०० गुणा ४०० र ४ गुणा ४०० छात्र/छात्रा रिले दौड तथा फिल्ड तर्फ हाईजम्प, लङजम्प, त्रीपलजम्प, ज्याभलिङ थ्रो र सटपुट छात्र/छात्रा बिच कडा प्रतिस्पर्धा हुने आयोजक बिधालयका प्रधानाध्यापक रुद्र बहादुर डाँगीले जानकारी दिए ।

प्रतियोगितामा तुलसीपुर नगर क्षेत्रका सामुदायिक तथा निजि गरि दुईदर्जन बढी विद्यालयको सहभागिता रहनेछ भने विद्यालयमा कक्षा १२ सम्म अध्ययन गर्ने १८ बर्ष उमेर सम्मका छात्र/छात्राले मात्र भाग लिन पाउनेछ्न् ।

यसैबिच प्रतियोगिता आयोजनाको जिम्मा पाएको पशुपति माध्यामिक विद्यालय हरिपौरीले रनिङ शिल्ड प्रतियोगिताको तयारीलाई तिब्र पारेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्