दाङ – निर्माण सामाग्री लिएर दाङबाट जाजरकोट जाँदै गरको ट्रक दुर्घटनामा परेको छ। ट्रकले च्यापिएर दुई जनाको मृत्यु भएको सुर्खेत प्रहरीले आशंका गरेको छ।
शनिबार बिहान दाङबाट सिमेन्ट र सरिया लिएर जाजरकोटका लागि छुटेकाे ना ४ ख ९७६१ नम्बरको मालबाहक ट्रक सुर्खेतकाे गुर्भाकोट नगरपालिका–९ भालुखोला चौपारी डाँडा नजिक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
त्यस्तै ट्रक सडकबाट ५० मिटर तल खसेको र ट्रक मुनि २ जना मानिस च्यापिएको देखिए पनि मान्छेले निकाल्न नसकिएपछि क्रेन बाेलाएकाे जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर बिष्टले बताए।
उनिहरुकाे शव देखिएपनि थप विवरण भने उद्दार पछि एकिन हुने र अहिले सकेसम्म छिटाे उद्दारकाे लागि स्थानीय सहित प्रहरी खटिईसकेकाे भएपनि क्रेन आउन केही समय लाग्ने हुँदा थप विवरण खुल्न बाँकी रहेकाे प्रहरी उपरीक्षक बिष्टले बताए।

प्रतिक्रिया दिनुहोस्