मृत अवस्थामा भेटिए वडाध्यक्ष

दाङ समाचार
दाङ समाचार ४ असार २०७९, शनिबार
0 Min Read
Aa

काठमाडाैँ – जाजरकोटकाे कुशे गाउँपालिका- ७ का वडाध्यक्ष मनबहादुर घर्तीको निधन भएको छ। शुक्रबार राति घरमै सुतेका अध्यक्ष घर्ती बिहान मृत अवस्थामा फेला परेका हुन्।

सहायक प्रमुख जिल्ला अधिकारी झलक केसीका अनुसार उनी नेकपा माओवादी केन्द्रबाट गत स्थानीय तह निर्वाचनमा जितेका थिए। घरमै सुतिरहेको अवस्थामा कसरी मृत्यु भयो भन्ने बारेमा अनुसन्धान जारी रहेको सहायक प्रजिअ अधिकारीले बताए।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्